
नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो शुरू भएको हो ।
कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।
तर आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित हुने दिन कांग्रेसको तयारी छ ।
जारी बैठकमा सोही विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।