१२ साउन २०८३, मंगलबार

फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी

असार ८, २०८१
काठमाडौं
फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी

युरो कप २०२४ मा नेदरल्यान्ड्स र फ्रान्सले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । यसअघिको खेलमा नाकमा चोट लागेपछि उनी खेल्न नसकेका हुन् । 

खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरणनजिक पुगेका छन् । 

दुवै टोलीको दुई खेलपछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । अब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्