२७ जेठ २०८३, बुधबार

हनीप्रीतले नै पञ्चकूलामा दंगा भड्काउने बैठक आयोजना गरेको पुष्टि

कात्तिक २०, २०७४
हनीप्रीतले नै पञ्चकूलामा दंगा भड्काउने बैठक आयोजना गरेको पुष्टि

काठमाडौं, ५ कात्तिक — राम रहीमलाई कारावास सजाय सुनाइएपछि पञ्चकूलामा हिंसा भड्काउनका लागि हनीप्रीतको नेतृत्वमा सिरसा डेरामा बैठक भएको पुष्टि भएको छ ।


बैठकमा ४५ सदस्यीय समितिका २० सदस्य उपस्थित थिए । हनीप्रीत, आदित्य इन्सा र गोपाल इन्सा बैठकमा उपस्थित थिए । यिनीहरूको मोबाइल लोकेसनले त्यहीँ भएको देखाउँछ ।

एसआईटीका अनुसार, यो कुरालाई हनीप्रीतले पनि स्वीकार गरिसकेकी छन् । मोबाइल लोकेसन डेराभित्रै पाइएकाले हनीप्रीतविरुद्धको मुद्दा बलियो भएको छ ।

आरोपितहरू बयानबाट पल्टिए भने पनि सबैको मोबाइल लोकेसन एकै ठाउँमा भएबाटै उनीहरूको षड्यन्त्र पुष्टि हुन्छ । गोपाल इन्साले पनि दंगाको योजना बनाएको स्वीकार गरेका छन् ।

पञ्चकूला दंगाका प्रमुख षड्यन्त्रकारीहरू आदित्य इन्सा, पवन इन्सा र गोबीरामलाई प्रहरीले अझै पक्रा उगर्न सकेको छैन । उनीहरूको तलाशी जारी छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्