२३ असार २०८३, मंगलबार

भूकम्पको ९ वर्षपछि असनको ‘इटाचापा’को पुनःनिर्माण शुरू​​

असार ८, २०८१
काठमाडौं
भूकम्पको ९ वर्षपछि असनको ‘इटाचापा’को पुनःनिर्माण शुरू​​

​विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौं महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्त्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण शुरू भएको छ ।​

विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौं महानगरपालिकाबीच केही समय हानथाप भएको थियो ।

सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए ।

ऐतिहासिक महत्वको यो सम्पदा २ करोड ४९ लाख ३७ हजार रुपैयाँमा नःनिर्माण थालिएको उनले सुनाए । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ ।

यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उनले बताए ।

ल्हासा–काठमाडौं यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्