२५ जेठ २०८३, सोमबार

खोलामा डुबेर डोल्पामा दुई बालिकाको मृत्यु

असार ८, २०८१
डोल्पा
खोलामा डुबेर डोल्पामा दुई बालिकाको मृत्यु

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । 

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्