२८ जेठ २०८३, बिहीबार

अफगानिस्तानका जेलमा ६० विदेशीसहित २० हजार कैदी

असार ८, २०८१
काठमाडौं
अफगानिस्तानका जेलमा ६० विदेशीसहित २० हजार कैदी

काबुल–अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् । 

अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ। 

विभिन्न अपराधमा विदेशी कैदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उनले बताए । 

जेल प्रशासनले कैदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्