०७ असार २०८३, आइतबार

स्मार्टफोन कहिल्यै स्लो हुने छैन, अपनाउनुस् यी टिप्स

कात्तिक २०, २०७४
स्मार्टफोन कहिल्यै स्लो हुने छैन, अपनाउनुस् यी टिप्स

 तपाईं एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने किनेको केही महिनाभित्रै स्लो हुन थालेको अनुभव गर्नुभएको होला ।


तपाईं फोनको एक एपबाट अर्को एपमा जान खोज्दा वा कुनै काम गरेर फेरि होम स्क्रीनमा फर्कन खोज्दा पहिलेभन्दा अलिक बढी समय लाग्छ भने फोन स्लो भएको लक्षण हो । फोन स्लो हुनबाट कसरी बच्ने हामी यहाँ बताउँछौं ।

हरेक फोनमा इन्टर्नल मेमोरी हुन्छ । मेमोरीमा जति स्पेस भयो, फोन त्यति राम्ररी काम गर्छ । फोनमा तस्वीर, संगीत र एपहरू भरमार हुँदा स्लो हुन पुग्छ ।

त्यसैले चाहिने मात्र एप फोनमा राख्नुस् र नचाहिने जतिलाई डिलिट गर्नुस् ।

फोनमा कुनै अपडेट पेन्डिङ भने सेटिङमा गएर अपडेट गरिदिनुस् ।

फोनमा लाइभ वालपेपरले अत्यधिक स्पेस लिन्छ । यसले डिभाइस स्लो गराइदिन्छ । लाइभ वालपेपरको इमेजलाई रिप्लेस गर्नुस् ।

फोनमा जम्मा हुने जंक फाइल र क्याश फाइललाई बेलाबेलामा डिलिट गर्नुस् ।

डिभाइसमा कहिलेकाहीँ डुप्लिकेट कन्टेन्ट भए भने तिनलाई एकएक गरी डिलिट गर्नुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्