०४ साउन २०८३, सोमबार

करण परियार बने नेपाल आइडल, २५ लाख पुरस्कार

असार ९, २०८१
काठमाडौं
करण परियार बने नेपाल आइडल, २५ लाख पुरस्कार

 नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। 

शनिबार सम्पन्न ग्राण्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उनले उपाधि जितेका हुन्। परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेको आयोजकले जनाएको छ । 

त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए। 

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण सुरु भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए। कार्यक्रम एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्