२३ जेठ २०८३, शनिबार

‘गोलमाल अगेन’ फिल्म समीक्षा : हेरेर मज्जाले हाँस्नुस्

कात्तिक २०, २०७४
‘गोलमाल अगेन’ फिल्म समीक्षा : हेरेर मज्जाले हाँस्नुस्

काठमाडौं, ५ कात्तिक — गत शुक्रवार रिलिज भएको बलिउड फिल्म गोलमाल अगेनमा पाँच अनाथ केटाहरूको कथा छ । गोपाल (अजय देवगण), माधव (अर्शद वारसी), लकी (तुषार कपूर), लक्ष्मण (श्रेयस तल्पडे) र अर्को लक्ष्मण (कुनाल खेमु) ऊटीको सेठ जमनादास अनाथालयमा हुर्केका हुन् । अहिले आफ्नै थातथलो भएका यिनीहरू अनाथालयका गुरुको मृत्युपछि त्यहाँ पुग्छन् ।


वासु रेड्डी नाम गरेका एक बिल्डर (प्रकाश राज) र उसको साथी निखिल (नील) त्यो आश्रम र त्यससँग जोडिएको कर्नल चौहान (सचिन केलकर) को जमीन हडप्न चाहन्छन् । गोपालको गुटले आफ्नो अनुपस्थितिमा केही मित्रवत् भूत त्यहाँ बस्न थालेको र आत्मासँग कुरा गर्न सक्ने आन्ना म्याथ्यू (तब्बु) उनीहरूलाई निर्देशन गर्छिन् ।

गोलमाल कमेडी फ्य्रान्चाइजी विगत ११ वर्षदेखि निरन्तर दर्शकलाई मनोरञ्जन गरिरहेको छ । अहिले पनि टीभीमा गोलमाल सिरिजको फिल्म आउँदा हाँस्न मन लाग्छ । अघिल्ला फिल्म जस्तै गोलमाल अगेनमा तपाईं विशुद्ध कमेडी र मस्ती हेर्न पाउनुहुन्छ ।

फिल्मको हास्यकथाले घरीघरी पेट मिचीमिची हँसाउँछ भने कतैकतै चाहिँ यो औसत मात्र छ । हरेक अभिनेताले राम्रो काम गरेका छन् चाहे बल देखाउने गोपाल होस् वा तोते बोल्ने लक्ष्मण होस् । बल देखाउने गोपाल नै भूतहरूसँग धेर डराउँछ । फिल्मका संवादहरू सामान्य छन् तैपनि तिनले हँसाउँछन् ।

फिल्ममा हरर एंगल पनि छ । दक्षिण भारतीय फिल्म कञ्चनबाट प्रेरणा लिएको यस फिल्ममा बदलाको खोजी गरिरहेको भूतको कथा छ । तर्साउने क्षणहरूलाई हल्काफुल्का अन्दाजमा देखाइएको छ ।

फिल्मको दोस्रो भागमा रहस्य खुल्दै जाँदा भने फिल्म अलिक बोरिङ लाग्छ । तर निर्देशक रोहित शेट्टीले दर्शकलाई छट्पटिने मौका दिँदैनन् । मस्ती मजाक, लडाईं, हाँसो र भूतको सम्मिश्रण छ फिल्ममा ।

तब्बुले तान्त्रिकको भूमिका गजबले निर्वाह गरेकी छन् । सबभन्दा राम्रो काम श्रेयस तल्पडेको छ । परिणिती चोपडालाई ध्यान भड्काउन मात्र प्रयोग गरिएको छ र उनी त्यसमा सफल पनि हुन्छिन् । अरू कलाकारको काम पनि राम्रै छ ।

यो फिल्ममा लजिक र केही ठोस कुरा खोज्नुभयो भने निराशा मात्र हात लाग्छ । बेस्सरी हाँस्नका लागि चाहिँ यो फिल्म उपयुक्त छ ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्