०६ असार २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिलो च्याउको परिकार

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिलो च्याउको परिकार

च्याउको तरकारी एकदमै स्वादिष्ट हुन्छ । अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान मज्जा आउँछ । यहाँ हामी बेक्ड च्याउको परिकार बनाउने विधि सिकाउँछौं ।


सामग्री

तेल एक ठूलो चम्चा
लसुन एउटा
प्याज ६५ ग्राम
भेडेखुर्सानी ११० ग्राम
उमालेको च्याउको स्टेम ३० ग्राम
च्याउ १६ वटा डल्ला
नून एक चम्चा
मसला एक चम्चा
मरिच एक चम्चा
मोजारेला चीज

विधि
एउटा प्यानमा तेल तताउनुस् । त्यसमा लसुन हालेर तीन मिनेटसम्म भुट्नुस् ।

अब त्यसैमा प्याज भुट्नुस् ।

अनि मरिच र उमालेको च्याउको स्टेम हालेर मज्जाले हल्लाउँदै सात मिनेटसम्म पकाउनुस् ।

त्यसपछि नून, मसला र मरिच हालेर मिसाउनुस् ।

यो मिश्रणलाई एउटा भाँडोमा राख्नुस् ।

त्यसलाई सबै च्याउका डल्लामा समान मात्रामा भर्नुस् ।

प्रत्येक च्याउमा मोजारेला चीज हालेर ट्रेमा राख्नुस् ।

अब सबैमा मसला छर्किनुस् ।

त्यसपछि ओभनमा १८० डिग्री सेल्सियसमा प्रिहिट गरेर १० मिनेटसम्म च्याउलाई बेक गर्नुस् । चीज नपग्लिएसम्म बेक गर्ने हो ।

ओभनबाट निकालेर पस्किनुस् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्