२३ असार २०८३, मंगलबार

चुनाव चिह्न अंकित सामग्री उत्पादन गर्न समेत नपाइने

कात्तिक २०, २०७४
चुनाव चिह्न अंकित सामग्री उत्पादन गर्न समेत नपाइने

काठमाडौं, ५ कार्तिक– तपाईं छापाखाना सञ्चालन गर्नुहुन्छ र चुनाव नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनाव चिह्न अंकित टि–सर्ट, टोपी, गम्छा बनाउँदै हुनुहुन्छ भने होसियार हुनुहोस्, निर्वाचन अयोगले कारबाही गर्न सक्छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन अयोगले चुनाव चिह्न अंकित टोपी, टि–सर्ट, गम्छाजस्ता सांकेतिक सामग्रीहरु उत्पादन, बिक्री बितरण र प्रदर्शन गर्न नपाइने व्यवस्था लागू गरेको हो ।

आगामी मङ्सिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अंकित पहिरन जस्तै टोपी, स्टिकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरूको उत्पादन, वितरण र प्रयोगलाई शख्त निषेध गरेको जनाएको छ ।

देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय÷ जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज एक पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्न अंकित उल्लेखित सामग्रीहरु उत्पादन, बिक्रि वितरण वा प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता विपरित हुने हुँदा त्यस्ता सामग्री उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रण गर्न निर्देशन दिएको हो ।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा त्यस्ता सामग्रीहरू व्यापकरूपमा उत्पादन तथा वितरण गर्न लागेको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा आयोगले त्यस्ता सामग्रीहरूको उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएको छ ।

आयोगको आदेश विपरित निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अबैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्