१२ असार २०८३, शुक्रबार

पर्यटकीय क्षेत्र ठमेल सवारी मुक्त !

कात्तिक २०, २०७४
पर्यटकीय क्षेत्र ठमेल सवारी मुक्त !
thamel
काठमाडौं, ५ कात्तिक- पर्यटकीय हब मानिने राजधानीको प्रमुख क्षेत्र ठमेललाई आइतबादेखि सवारीमुक्त क्षेत्र बनाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, ठमेल पर्यटन विकास परिषद् लगायतको सक्रियतामा आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु सवारीसाधनलाई ठमेल प्रवेशमा रोक लगाइएको हो ।

ठमेलभित्र जाने सवारीसाधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने र ठमेलभित्र भएका होटलमा आवश्यकताअनुसार गाडीको व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाईकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको खनालले बताए । सवारी आवागमनमा कडाई गरेसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामासमेत कमी आउने प्रहरीको अपेक्षा छ ।

तर, पार्किङ उचित व्यवस्थापन बिना हचुवामा सवारी मुक्तको घोषणा गरिएको भन्दै व्यसायी र ठमेलमै बसोबास गर्नेहरुले यो कदमको बिरोध समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्