
पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीलाई प्रहरीले उद्दार गरेको छ । राजधानीको माइतीघर मण्डलामा रहेको झण्डा राखिएको पोलमा चढ्न थालेपछि उनलाई प्रहरीले उद्धार गरेको हो ।
मंगलबार दिउँसो उनी एकाएक पोलमा चढेकी थिइन् । श्रीमानले आफूमाथि बलात्कार गरेको भन्दै अदालत पुगेकी उनले अदालतबाट मुद्दा जितिसकेकी छन् ।
भुवनलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । त्यसयता पनि आरतीले सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्षलाई निरन्तरता दिँदै आएकी छन् ।