२७ जेठ २०८३, बुधबार

इटहरी उपमहानगरपालिकाको बजेट तीन अर्ब ५७ करोड

असार ११, २०८१
सुनसरी
इटहरी उपमहानगरपालिकाको बजेट तीन अर्ब ५७ करोड

 इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राती १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् । 

एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिस्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ ।

वडाध्यक्ष पोखरेलले पेस गरेको बजेटमा चालुतर्फ रु एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ रु दुई अर्ब १५ करोड ६० लाख रहेको छ । इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ । 

 पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा रु ३८ करोड बजेट र नगरस्तरका योजनामा रु ४५ करोड समावेश गरिएको छ । प्रस्तुत बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान रु २९ करोड ५६ लाख, सङ्घीय शसर्त अनुदान चालु खर्चतर्फ रु ४९ करोड ४३ लाख १५ हजार, सङ्घीय शसर्त अनुदान पुँजीगत खर्चतर्फ रु ८१ करोड ९३ लाख ११ हजार रहेको छ । सङ्घीय समपुरक अनुदान रु चार करोड, सङ्घीय विशेष अनुदान रु पाँच करोड, प्रदेश समानीकरण अनुदान रु एक करोड ९४ लाख ४५ हजार र प्रदेश शसर्त अनुदान चालु खर्चतर्फ रु ३२ लाख ३८ हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्