२५ जेठ २०८३, सोमबार

चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता धेरै

असार १२, २०८१
काठमाडौं
चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता धेरै

मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै छिमेकी मुलुक चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ । 

भारतबाट १८ वटा परियोजनाबाट दुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्