२६ जेठ २०८३, मंगलबार

धादिङका महिला नेतृ– सिफारिसमा परे तर उम्मेदवार बनेनन्

कात्तिक २०, २०७४
धादिङका महिला नेतृ– सिफारिसमा परे तर उम्मेदवार बनेनन्
धादिङ, ३ कात्तिक– आइतबार धादिङमा राजनीतिक दलहरुले तामझाँमका साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन दर्ता गराए । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको मनोनयनमा पुरुष उम्मेदवार मात्रै परेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालले धादिङबाट दुुई–दुुई जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएपनि केन्द्रबाट भएको टिकट बाँडफाडमा यी महिलाहरुको नाम स्वीकृत भएनन् ।

नेपाली कांग्रेसले क्षेत्र नम्बर २ को क बाट कांग्रेस नेतृ कल्पना अधिकारी र क्षेत्र नंबर १ ख बाट कल्पना इटनीको नाम केन्द्रमा पठाएको थियो । यस्तै एमालेले पनि क्षेत्र नंबर २ क पार्वती खाँड राई र ख बाट इन्दिरा ढुुंगानाको नाम पठाएको थियो । तर केन्द्रबाट नै महिलाहरुको नाम स्वीकृत नगरेपछि महिला नेतृहरुले प्रतिनिधि सभा र प्रदेश सभाा उम्मेदवार बन्न पाएनन् ।

संविधानले ५० भन्दा धेरै प्रतिशत महिलाहरुको अधिकार स्थापित गरे पनि १० प्रतिशत महिलाहरु पनि चुनावमा लड्ने अधिकारी नपाएको कांग्रेस नेतृ कल्पना अधिकारीले बताइन् ।

उनले लोकान्तरसँग भनिन्,‘ नेपाली राजनीतिको मैदानमा हामी अधिकार पाप्तीको लागि लडिरहेकै हौं । वास्तव मै यो जुंगाको लडाइ हो । हामीले हाम्रो अधिकारको लागि अझै ५० औ वर्षसम्म लडिरहनुपर्ने जस्तो देखिएको छ । संविधानले दिएको अधिकारलाई मिलाउन समानुपातिक ाट लाने प्रचलन मात्रै छ । यसले महिलाको मनोवल झन् घटाइरहेको छ ।’

यस्तै नयाँ शक्ति केन्द्रकी केन्द्रीय सदस्य कल्पना धमलाले पनि अहिलेको राजनीतिक पार्टीहरुले सत्ता र शक्तिमा केन्द्रीत भएको भन्दै महिलालाई कार्यकारी अधिकार दिन दलहरु तयार नभएको बताइन् ।

उनले भनिन्,‘ पुरुष मानसिकता मै केन्द्रित रहेर यो देशको कानूून बनेको छ, पाटीको सिद्धान्त बनेको छ, अनि कसरी दिनुहुुन्छ । धादिङ मात्रै हैन देशभर पनि ३३ प्रतिशत महिला प्रत्यक्ष तर्फबाट पुग्दैनन् । समानुुपातिक बाट मात्रै महिलाहरु आउने हुन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्