०६ असार २०८३, शनिबार

खेतमा काम गर्दागर्दै चट्याङ लागेर कैलाली र कपिलवस्तुमा ४ जनाको मृत्यु, ६ घाइते

असार १२, २०८१
काठमाडौं
खेतमा काम गर्दागर्दै चट्याङ लागेर कैलाली र कपिलवस्तुमा ४ जनाको मृत्यु, ६ घाइते

कैलाली र कपिलवस्तुमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भइसहियाका २२ वर्षीय महेश कलवार छन् । 

उनीहरूलाई बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दागर्दै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए ।

यसैगरी कैलालीमा पनि चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका- ३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका- १८ एफगाउँका २७ वर्षीय शालिम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरू दुवै जनालाई बुधबार बिहान घर नजिकैको खेतमा काम गर्ने  क्रममा चट्याङ लागेको थियो ।

यस्तै, जानकी गाउँपालिका- ४ बेलापुरकी २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुष्मा डगौरा, भजनी नगरपालिका- ६ बस्ने ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी- ९ बुदेनी बस्ने ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्