×

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा | असार १२, २०८१

सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ । 

पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिए । निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको उनले बताए । 


Advertisment

विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको उनले बताए । “हामीले निर्माणकै क्रममा पटकपटक मौखिक तथा लिखित सूचना गरेका थियौँ । उहाँले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गर्नुभयो”, प्रमुख झाले भने, “हामीले सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौँ ।” सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिए।  मधेस प्रदेश सरकारको चालू आव २०८०÷८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उनले बताए । 


Advertisment

वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताए । 

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x