२२ जेठ २०८३, शुक्रबार

नक्कली प्रमाणपत्र पेश गरी राहत शिक्षक बनेकी एक महिलालाई ६ महिना कैद

असार १२, २०८१
काठमाडौं
नक्कली प्रमाणपत्र पेश गरी राहत शिक्षक बनेकी एक महिलालाई ६ महिना कैद

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएको आरोप लागेकी दिलकुमारी कँडेल दोषी ठहर भएकी छिन् ।

विशेष अदालतले बुधवार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

कँडेलले भारतको उत्तर प्रदेशबाट ल्याएर हाइस्कूलको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाे पाइएकाे छ ।

२०६५ कार्तिक २४ गते उक्त नक्कली प्रमाणपत्र पेश गरी रुपन्देहीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयमा प्रावि स्तरको राहत शिक्षकको नियुक्ति पाएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्