२५ जेठ २०८३, सोमबार

हुन्डाईको नयाँ ईभी इन्स्टर कोरियामा सार्वजनिक, नेपाल कहिले आउला ?

असार १३, २०८१
काठमाडौं
हुन्डाईको नयाँ ईभी इन्स्टर कोरियामा सार्वजनिक, नेपाल कहिले आउला ?

हुन्डाई मोटर कम्पनीले बिहीवार बुसान अन्तर्राष्ट्रिय मोबिलिटी शोमा आफ्नो नयाँ विद्युतीय गाडी एसयुभी इन्स्टर सार्वजनिक गरेको छ ।

अहिले हुन्डाईले कोरियाली बजारमा मात्रै बिक्री गर्दै आएको एक्स्टर माइक्रो एसयूभीसँग मिल्दो जुल्दो डिजाइनमा तयार भएको इन्स्टर साइजको आधारमा भने क्यास्परभन्दा ठूलो छ ।

कम्पनीले यसको लम्बाइ २३० एमएमले बढाएर ३८२५ एमएम, चौडाइ १६१० एमएम र उचाइ १५७५ एमएम रहेको छ । यसमा २५८० एमएमको ह्वीलबेस रहने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध हुने एसयूभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यी दुई ब्याट्रीले फुलचार्जमा क्रमशः ३०० र ३५५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

ब्याट्री जस्तै यसमा मोटर पनि दुई फरक साइजमा पाउन सकिन्छ । जसमा ७१.१ किलोवाट र ८४.५ किलोवाट छ । टायर साइज पनि दुई अप्सनमा छ । कम्पनीले १५ र १७ इन्चको ह्वील यसमा प्रयोग गरेको छ ।

कम्पनीका अनुसार सानो ब्याट्री र सानो मोटर भएको मोडलको टप स्पीड क्षमता १४० किलोमिटर प्रतिघण्टा रहेको छ । तर, ठूलो मोटर र ब्याट्री भएको भेरियन्ट १५० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ ।

सानो एसयूभीको चार्जिङ क्षमता भने निकै फास्ट रहेको छ । यसले १२० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने भएकाले १० देखि ८० प्रतिशत चार्ज केबल ३० मिनेटमा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सुरक्षाको लागि दिएको एडास भित्र थुप्रै नयाँ फिचर पाउन सकिन्छ । कम्पनीले यसको बिक्री सुरू हुने मिति भने अहिलेसम्म घोषणा गरेको छैन ।

कम्पनीले ग्लोबल मोडलको रुपमा इन्स्टर ल्याउन लागेको कारण यो मोडल चाँडै नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री वितरण गर्दै आएको छ ।

यो नयाँ इलेक्ट्रिक गाडी छिटै युरोप, मध्य पूर्व र एशिया प्रशान्त क्षेत्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

nullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्