२८ जेठ २०८३, बिहीबार
टीआरसी विधेयक टुंग्याउने कसरत

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

असार १३, २०८१
काठमाडौं
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी ओली बिहीवार साँझ बालुवाटार पुगेका छन् । 

समसामयिक राजनीतिक विषयवस्तुका साथै शान्ति प्रक्रियासँग जोडिएको टीआरसी विधेयकसहितका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्गाउन प्रधानमन्त्री प्रचण्डले दुवै नेतालाई छलफलका लागि बोलाएका हुन् ।

null

बैठकमा दोस्रो र तेस्रो तहका नेताहरू पनि सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको दल नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा, कांग्रेसबाट रमेश लेखक, कृष्ण सिटौला तथा एमालेबाट प्रदीप ज्ञवाली, अग्नि खरेल, कानूनमन्त्री पदम गिरी र महेश बर्तौलालगायत नेता सहभागी छन् ।   

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले टीआरसी विधेयकसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेतालाई बालुवाटारमा जुटेको लोकान्तरलाई बताए । 

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्दा पनि शान्ति प्रक्रिया टुंगिएको छैन । यसर्थ यसपटक अग्रसरता लिएर यसलाई टुंगोमा पुर्याउनुपर्ने दबाब उनमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्