०१ असार २०८३, सोमबार

बाँदरले दुःख दिएपछि कृषियोग्य जमिनमा घाँसखेती

असार १३, २०८१
बाग्लुङ
बाँदरले दुःख दिएपछि कृषियोग्य जमिनमा घाँसखेती

बागलुङ जिल्लाको जैमिनी नगरपालिका-८ छिस्ती फुर्केसल्लाका ६१ वर्षका रघुनाथ पौडेलले गत वर्षमात्रै १० रोपनी खेतीयोग्य जग्गामा बहुवर्षे घाँसखेती थाले।

बाँदरका कारण अन्नबाली हुन छाडेपछि यहाँ तीव्र बसाइँसराइ छ । बसाइँसराइका कारण फुर्केसल्लाका अधिकांश गाउँका खेतीयोग्य जमिन  बाँझिएका छन् । ती बाँझिएका जग्गामा पौडेलले घाँसखेती गरेर पशुपालन गर्दै आएका छन् । गाउँलेले छोडेको १० रोपनी जग्गामा आफूले घाँसखेती गरिरहेको उनको भनाइ छ । 
उनले यस वर्ष मात्रै रु ३० हजार अनुदान पाएको सुनाए ।

घाँसमा आधारित पशुपालनले दूधको उत्पादन लागत घटाएको उनको भनाइ छ । हाल उनले भैँसी र गाईपालनबाट दैनिक ४० लिटर दूध बजार पठाउँदै आएका छन् । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानहरु घाँसखेतीतर्फ आकर्षित भएका हुन् । घाँसमा आधारित पशुपालनले आम्दानी बढाउने भन्दै उनले दूध बिक्रीबाट मात्रै मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए । 

जैमिनी नगरपालिका–१ टुनीबोटका रुद्रनाथ शर्माले पनि पशुपालन गर्दै आएका छन् । कूल ४० घर रहेका टुनिबोटका अधिकांश स्थानीय बसाइँ सरेर चितवन र सदरमुकाम पुगेपछि उनीहरुको बाँझो जग्गामा घाँसखेती गरिरहेका छन् । 

बाँदरले सताएपछि यहाँका किसानले अन्नबाली लगाउनै छोडेका छन् । बाँदरले सताउन थालेपछि धमाधम घाँसखेती गरेर पशुपालन गर्न थालिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्