२२ जेठ २०८३, शुक्रबार

बाम गठबन्धनमा ठाउँठाउँमा 'धराप', सुरु भयो असन्तुष्टि

कात्तिक २०, २०७४
बाम गठबन्धनमा ठाउँठाउँमा 'धराप', सुरु भयो असन्तुष्टि
काठमाडौं, ६ कात्तिक- आसन्न निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धनभित्र तालमेल र उम्मेदवारी चयनका विषयमा ठाउँ-ठाँउमा असन्तुष्टि चुलिएको छ । असन्तुष्टि बढेसँगै कतिपय स्थानमा वाम गठबन्धन भित्रैबाट बागी उम्मेदवारीसमेत परेको छ ।
माओवादी सचिवालय सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको जाजरकोटमा एमालेका गोविन्द्रविक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् । पूर्वसांसदसमेत रहेका शाहीले मात्र होइन, जाजरकोटकै प्रदेशसभाको (क) मा पनि गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।prachanda oli

प्रदेशमा गठबन्धनका उम्मेदवार माओवादी उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका निरज आचार्यले बागी उम्मेदवारी दिएका छन् ।रामेछापमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीका दुईजना जिल्ला नेताले बागी उम्मेदवारी दिएका छन् । बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध पूर्वसभासद्समेत रहेकी लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापकै प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । अन्य कतिपय क्षेत्रमा पनि वाम गठबन्धनभित्रै असन्तुष्टि र बागी उम्मेदवारी परेका छ । एमाले उम्मेदवारले टिकट पाएका क्षेत्रमा माओवादीका र माओवादीले टिकट पाएका ठाउँमा एमालेका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।तर, यस्ता घटनालाई सामान्य रूपमा लिई तालमेललाई प्रभावकारी बनाउन दुवै पार्टीका नेताले जिल्ला तहमा निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्