
उदयपुरको त्रियुगा खोलाको जलसतहले सतर्कता तह पार गरेको छ ।
त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको मौसम विज्ञान विभागले जनाएको छ ।
खोलामा पानीको बहाब बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।