
नेकपा माओवादी केन्द्रले आफूले स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।
सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही बैठकबाट विशेष महाधिवेशनको मिति तय गरिने प्रचण्डले बताए ।
एसिया प्रदेश सङ्गठन समितिस्तरीय विशेष प्रशिक्षण कार्यक्रमलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले छिट्टै स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउँदै छु । त्यो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिन्छ । छिट्टै तोकिन्छ । विशेष महाधिवेशनसम्म पुगेर वैचारिक, राजनीतिक, सांस्कृतिक सबै ढङ्गले पार्टीलाई जनाधारित बनाउने कोसिस हुन्छ ।’
त्यसका लागि समर्पित भएर लाग्न उनले एसिया महादेशका जनप्रगतिशील मञ्चहरूलाई आह्वान गरे ।
प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउँदै देश र जनताको पक्षमा समर्पित गर्नुपर्नेमा जोड दिँदै गुटबन्दीका सोचहरू कमजोर बन्दै गएको पनि बताए ।