०६ असार २०८३, शनिबार

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते

असार १४, २०८१
गुल्मी
गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । 

तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर आज रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना भएको हो । 

दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेवित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
 
दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् ।

उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्