×

स्लोभाकियामा रेल र बस ठोक्किएः सात जनाको मृत्यु

काठमाडाैं | असार १४, २०८१

ब्राटिस्लाभा–दक्षिणी स्लोभाकियामा बिहीबार रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु भएकाे छ । साथै अन्य पाँचजना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन् । 

दुर्घटना स्थानीय समयअनुसार साँझ ५ बजेपछि दक्षिण–पश्चिमी शहर नोभे जम्कीनजिकै भएको सिटिके समाचार एजेन्सीले बताएको छ ।


Advertisment

रेलवेका प्रवक्ता भ्लादिमिरा बाहिलोभाका अनुसार युरोसिटी रेल प्रागबाट बुडापेस्टतर्फ गइरहेको थियो । स्लोभाक उद्धार सेवाले भनेको छ, ‘सात जनाको मृत्यु भएको छ, पाँचजना घाइते भएका छन् ।’


Advertisment

उद्धार सेवाका प्रवक्ता पेट्रा क्लिमेसोभाले घाइतेहरूलाई ‘तत्काल चिकित्सकीय सहायता’ आवश्यक रहेको बताए । 

बाहिलोभाले रेलका चालक लोकोमोटिभमा आगो लागेका कारण जलेको जनाए । उनले बाधाहरूले सुरक्षित र प्रकाश सङ्केतले सुसज्जित भएको रेलवे क्रसिङमा दुर्घटना भएको जानकारी दिए । 

गृहमन्त्री माटुस सुताज एस्टोक पछि दुर्घटनास्थलमा पुगे । उनले दुर्घटनाको कारण प्राविधिक वा मानवीय विफलता थियो भन्नेबारे स्पष्ट नभएको पत्रकारहरूलाई बताए । 

स्थानीय सञ्चारमाध्यमहरूले आकाशमा बाक्लो धुँवा उडिरहेको र आंशिकरूपमा आगो लागेको रेलका साथमा सामान बोकेका यात्रुहरूको भिडियो फुटेज प्रसारण गरेका छन् ।
 

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x