२३ जेठ २०८३, शनिबार

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कोरिया प्रस्थान

असार १४, २०८१
काठमाडौं
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कोरिया प्रस्थान

कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन्। 

मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र  नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन्। लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा आफ्नो भ्रमण केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए। 

कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ। कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ। 

वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ।  यसैगरी कोरियन नेशनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ। 

मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए। मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्