१० असार २०८३, बुधबार

‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

असार १५, २०८१
काठमाडौं
‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताएका छन् । 

पर्वतारोहण सञ्चालक सङ्घ नेपालले वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई ‘बाटो खोल्ने तथा डोरी टाँग्ने आरोही’को सम्मानका लागि  आयोजित कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको माध्यम हिमाल आरोहणसमेत भएको बताए । 

“आफ्नो जीवन जोखिममा राखेर वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से तथा शरद् ऋतुमा मनास्लु, अमादब्लम एवम् हिमलुङ हिमालमा डोरी टाँग्ने तथा बाटो खोल्ने काम गरेर आरोहीलाई सहजता प्रदान गर्नेप्रति सम्मान व्यक्त गर्दछु,” मन्त्री तामाङले भने । 

मन्त्री तामाङले चोयु हिमाल नेपालमा भए पनि उत्तर चीनतर्फबाट मात्र चढ्ने गरेकामा यस वर्षदेखि नेपालबाटै चढ्ने वातावरण मिलाएको भन्दै आरोहीलाई धन्यवाद दिए । 

मन्त्री तामाङले जलवायु परिवर्तनका कारण हिमाल पग्लने तथा हिमताल पग्लने समस्याले हिमाल आरोहणमा चुनौती थपिँदै गएको बताए । उनले सरोकारवाला निकायसँग छलफल गरेर पर्यटन ऐनलाई चाँडो ल्याउन सरकार लागिरहेको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्