
नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षस्थ नेतासम्म राजनीतिक सेटिङ मिलाएको आरोप लागेका बेचन झा पक्राउ परेका छन् ।
फरार रहेका झा नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरबाट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले उनको नाममा काटिएको २ करोड रुपैयाँको चेक बरामद गरेको थियो ।
भारतीय नागरिक झाले नक्कली शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्बाटै निर्णय गराइदिने भन्दै रामशरण केसीबाट २ करोड रूपैयाँ बुझेको खुलेको थियो ।
यसअघि शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमै फरार रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा उनी शुक्रबार पक्राउ परेका हुन् ।