
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।
दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि सडकमा सवारी साधनको लामो जाम रहेको छ ।
दाउन्ने खण्डमा वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न समेत कठिनाइ हुँदै आएको छ ।
