१५ असार २०८३, सोमबार

बागलुङका ४ उत्कृष्ट किसान पुरस्कृत

असार १५, २०८१
बाग्लुङ
बागलुङका ४ उत्कृष्ट किसान पुरस्कृत

बागलुङका चार उत्कृष्ट कृषक पुरस्कृत भएका छन् ।

२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद रु दश/दश हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । 

सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगङ्गा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र  बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।

तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृत किसानहरूको भनाइ छ । सम्मानले कृषि कर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताए ।

सुन्तला खेतीबाट एक वर्षमा रु पाँच लाख आम्दानी गर्दै आएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीर मर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्