
ललितपुरको सातदोबाटोस्थित चक्रपथ (रिङरोड)मा डिभाइडर नाघेर लेन क्रस गर्ने सरकारी गाडीका चालकलाई प्रहरीले कारबाही गरेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालक 'लेन' अनुशासनको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
सडकको जाम छल्न बा १ झ ७६७५ नम्बरको गाडीले शनिबार लेन क्रस गरेको थियो ।
सरकारी गाडीले सडकमा लेन मिचेको भन्दै चालकमाथि कारबाहीका लागि सामाजिक सञ्जालमा दबाब बढेको थियो । लगत्तै, ट्राफिक प्रहरीले एक्सन लिएको हो ।
भिडियो (सौजन्य : प्रवेश अधिकारीको फेसबूक वालबाट) :