०१ साउन २०८३, शुक्रबार

भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

असार १६, २०८१
काठमाडौं
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट सुकबहादुर तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तामाङविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौंबाट एसएलसी उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको भन्दै मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी आरोप-पत्र दायर गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्