१२ असार २०८३, शुक्रबार

मकालु वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए

असार १६, २०८१
संखुवासभा
मकालु वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए

मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।

सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका पथप्रदर्शक मृत भेटिएका हुन् । 

५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 

कार्की शनिबार साँझ निकुञ्ज  कार्यालयबाट बाहिर निस्किएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्