२८ असार २०८३, आइतबार

माधव नेपालको प्रशंसा गरेर हिँडे देउवा– ‘सबैले छोटो बोल्छ भनेर लामै लेखेर ल्याएको थिएँ, भो बोल्दिनँ’

असार १६, २०८१
काठमाडौं
माधव नेपालको प्रशंसा गरेर हिँडे देउवा– ‘सबैले छोटो बोल्छ भनेर लामै लेखेर ल्याएको थिएँ, भो बोल्दिनँ’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माणमा माधव नेपालको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्‌घाटन सत्रमा आइतबार शुभकामना मन्तव्य राख्दै देउवाले नेपालको राजनीतिमा माधव नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् । 

‘मुलुकमा शान्ति स्थापना गर्नै सवाल होस् या संविधान निर्माणमा माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । त्यसकारण माधवजीले नेपालको राजनीतिमा महत्त्वपूर्ण योगदान बनाएका छन्,’ देउवाले भने । 

मन्तव्य राख्न माइक अगाडि पुगेका देउवाले ‘सबैले छोटो बोल्छ भनेर लामै लेखेर ल्याएको थिएँ’ भन्दै मन्तव्य शुरू गरेका थिए ।

कोटको भित्री खल्तीबाट लिखित भाषण निकालेका देउवाले लामो बोलेनन् ।

माधव नेपालको प्रशंसा गरेका देउवा अध्यक्ष नेपालको भाषण नसुनी छोटो मन्तव्य राखेर हिँडे ।

salt training

कमेन्ट गर्नुहोस्