
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबीच भेटवार्ता भएको छ ।
आइतबार भएको भेटवार्तामा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।
सो भेटमा स्विस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल भएको थियो ।
यस्तै, सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।