२८ जेठ २०८३, बिहीबार

एसईई पूरक परीक्षा साउन २३ गतेदेखि हुने

असार १६, २०८१
काठमाडौं
एसईई पूरक परीक्षा साउन २३ गतेदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले साउन १८ र  १९ गते परीक्षा गर्ने सूचना जारी गरेको थियो ।

आजको निर्णयसँगै अब साउन २३ गतेदेखि पूरक परीक्षा हुने भएको छ ।

गत बिहीबार सार्वजनिक भएको एसईईको नतिजामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको एनजी अर्थात नन ग्रेड​  आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्