१२ साउन २०८३, मंगलबार

पाकिस्तानमा वर्षाका कारण ६ जनाको मृत्यु

असार १६, २०८१
काठमाडौं
पाकिस्तानमा वर्षाका कारण ६ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले आइतबार बताएका छन् ।​​

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।

अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पीडीएमएले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यसअघि देशको पन्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाइमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो ।

यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्