२८ जेठ २०८३, बिहीबार

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट गरियो

असार १६, २०८१
कञ्चनपुर
प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट गरियो

 प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप बरामद गरी आज नष्ट गरिएको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिए । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा  जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्