
स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २-१ ले पराजित गरेको हो ।
शुरूआती अग्रता भने स्लोभाकियाले गरेको थियो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि शुरूआती गोल गरेका थिए ।
इंग्ल्याण्डले नियमित समयको अन्तिम समयमा मात्रै बराबरी गोल गरेको थियो ।
इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै जुड बेलिङ्घमले खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए ।
इंग्ल्याण्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ । स्विट्जरल्यान्डले इटालीमाथि जीत हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो ।