२८ जेठ २०८३, बिहीबार

कांग्रेसका पूर्व सांसद देव एमाले प्रवेश

असार १७, २०८१
काठमाडौं
कांग्रेसका पूर्व सांसद देव एमाले प्रवेश

नेपाली कांग्रेसका पूर्व सांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देवलाई पार्टी प्रवेश गराएका हुन् ।

देव गत फागुनसम्म नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । २०६३ सालमा मधेसी जनअधिकार फोरममा लागेका देव फोरम विभाजनपछि विजयकुमार गच्छदारको कित्तामा लागेका थिए ।

गच्छदार कांग्रेस प्रवेश गरेसँगै उनी कांग्रेसमा आएका थिए । बीचमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बनेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्