०८ साउन २०८३, शुक्रबार

सत्ता समीकरणको फेरिने चर्चाका बीच कांग्रेस बैठक जारी

असार १७, २०८१
काठमाडौं
सत्ता समीकरणको फेरिने चर्चाका बीच कांग्रेस बैठक जारी
फाइल तस्वीर

सत्ता समीकरणको पेचिलो राजनीतिक स्थितिले राजनीतिमा तरंग आइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेताको बैठक अहिले बसिरहेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले जानकारी दिइन् ।

उनका अनुसार पार्टीका आन्तरिक संरचना र समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ ।

गत शनिबार सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोटमा तीन घण्टा छलफल गरेका थिए ।

सोही छलफल यता नयाँ सत्ता समीकरण बनाउने चर्चाले राजनीतिक वृत्त तरंगित भइरहेको छ ।

यही बेला कांग्रेसले पनि आन्तरिक छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आन्तरिक विषयको छलफल भए पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ र छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्