×

समीकरण फेरबदलको चर्चा

गठबन्धनको भविष्यबारे मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ब्रिफिङ

काठमाडाैं | असार १७, २०८१

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार तत्काल नढल्ने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् ।

बाहिर चर्चा भएजस्तो कांग्रेस–एमालेको सरकार बनिहाल्ने अवस्था नरहेको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।


Advertisment

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा प्रचण्डले सरकार परिवर्तनको हल्ला निराधार भएको दाबी गरेका हुन् ।


Advertisment

‘मिडियामा आएको सत्ता परिवर्तनको चर्चाबारे प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो,’ सरकारको प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले भनिन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असमझदारी भयो भनेर बाहिर आएका कुरा असत्य हुन् । गठबन्धन लामै समय जान्छ भनेर ब्रिफिङ गर्नुभयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार भएको भेटपछि दुई दलबीच नयाँ समीकरण बनाएर जाने समझदारी भएको कांग्रेस स्रोतहरूले बताएका छन् । तर, प्रचण्डले भने कांग्रेस एमाले मिल्ने सम्भावना नै नरहेको मन्त्रिपरिषद् बैठकमा दाबी गरेका थिए । 

सोमबार बिहान भएको भेटमा अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान प्रस्ताव गरेको बाहिर आएको थियो । तर, मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकारको चर्चा नभएको दाबी गरिन् । 

‘कतिपय महत्त्वपूर्ण मुद्दामा राष्ट्रिय सहमति भनिएको हो, अहिले राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको छैन,’ उनले भनिन् । 

अर्का एक मन्त्रीका अनुसार प्रधानमन्त्री विगतका दिनमा जस्तो 'कन्फिडेन्ट' देखिएका थिएनन् ।

सोमबार नै कांग्रेस बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँगको संवाद अत्यन्तै सौहार्दपूर्ण रहेको बताएका थिए ।
 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x