२४ जेठ २०८३, आइतबार

पोखरा महानगरले वितरण गर्‍यो १४ हजार ५ सयभन्दा बढी फलफूलका बिरुवा

असार १७, २०८१
कास्की
पोखरा महानगरले वितरण गर्‍यो १४ हजार ५ सयभन्दा बढी फलफूलका बिरुवा

पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ ।

महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

उनका अनुसार तीन सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएका हुन् ।

महानगरपालिकाले १/१ हजार सङ्ख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ ।

यस्तै कागतीका एक हजार पाँच सय बिजु र चार हजार कलमी बिरुवा तथा सुन्तलाका एक हजार पाँच सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ ।

यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका बिरुवा वितरण गरिएको कडरियाले जानकारी दिए ।

कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति बिरुवा आँप रु ५०, लिची रु ४०, अम्बा रु २५, कागती बिजु रु ३०, कलमी रु ६०, सुन्तला बिजु रु ३०, कलमी रु ६०, मेकाडामिया नट रु ५०, एभोकाडो रु ५० मा उपलब्ध गराइएको उनले बताए ।

वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधन स्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्