
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बालकोट बोलाएका छन्।
सबै मन्त्रीहरूलाई बोलाउने भनिए पनि ओलीले महासेठलाई मात्र बोलाएर अहिले छलफल गरिरहेका छन्।
स्रोतका अनुसार एमाले नेता महासेठ र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भइरहेको छ ।
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेको तर्फबाट महासेठले नै नेतृत्व गरिरहेका छन् ।
उनीहरूबीच झन्डै आधा घण्टादेखि छलफल भइरहेको स्रोतको दाबी छ।