![एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Rastriya_Parikshya_Board_National_Examination_Board_DAoBeKRgIW.jpg)
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको हो ।
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ ।
यस्तो छ सूचना
