२६ जेठ २०८३, मंगलबार
बदलिँदो राजनीतिक परिवेश

कांग्रेस-एमाले सहमतिसँगै आन्तरिक छलफलमा प्रमुख दलहरू

असार १८, २०८१
काठमाडौं
कांग्रेस-एमाले सहमतिसँगै आन्तरिक छलफलमा प्रमुख दलहरू

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस-एमालेसहित सत्ताको नेतृत्व गरिरहेको माओवादीले पनि आन्तरिक छलफलको तयारी थालेको छ । 

तीनै दलले पार्टीको माथिल्लो कमिटीको बैठक बोलाएका छन् । 

कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो । 

संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

कांग्रेसले पदाधिकारी, एमालेले सचिवालय र माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस बैठक बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । 

बैठकमा एमालेसँग भएको सत्ता साझेदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । 

यस्तै, एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । कांग्रेससँग सत्ता समीकरण गर्ने सहमतिलगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

यता सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि पदाधिकारी बैठक बोलाएको छ ।  बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी सचिव गणेश साहले लोकान्तरलाई जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ । 'पार्टीको पदाधिकारी बैठक बोलाइएको छ,' लोकान्तरसँग उनले भने, 'बैठक ९ बजे बालुवाटारमा बस्ने कुरा छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक बोलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्