१५ असार २०८३, सोमबार
पदाधिकारी बैठक

प्रधानमन्त्रीले राजीनामा नदिने, संसद् सामना गर्ने

असार १८, २०८१
काठमाडौं
प्रधानमन्त्रीले राजीनामा नदिने, संसद् सामना गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।

बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। 'प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वास मत लिने धारणा बनाउनुभएको छ,' पौडेलले भने, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ ।’

प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले बताए ।

उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्