२४ जेठ २०८३, आइतबार

नेतन्याहूको दाबी– गाजामा हमास उन्मूलनको अन्तिम चरणमा छौँ

असार १८, २०८१
काठमाडौं
नेतन्याहूको दाबी– गाजामा हमास उन्मूलनको अन्तिम चरणमा छौँ

जेरुसेलम–इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देश गाजापट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको दाबी गरेका छन् ।  

नेतन्याहूले हमासको उन्मूलन गर्ने दिशामा आफू अघि बढिरहेको दाबी इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा साेमवार गरेका हुन् । 

यसअघि नेतन्याहूले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग सुरक्षा मूल्याङ्कन बैठक गरेका थिए । त्यसको एक दिनपछि नेतन्याहूको यस्तो भनाइ आएको हो । राफाह लडाइँमा जोड दिँदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहूको सचिवालयले जनाएको छ ।

इजरायलले अप्रिलको शुरूमा खान युनुसमा ठूलो आक्रमण गर्दै पछि आफ्ना अधिकांश सेना फिर्ता लिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्